• २०८३ श्रावण ११ सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०५ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ४ जना, गण्डकीमा १ जना र कर्णालीमा ५ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै