काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अर्को हार बेहोरेको छ ।
नेपाल उज्बेकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । उज्बेकिस्तानले २६-२४, २५-२० र २५-२० ले जितेको थियो ।
यो प्रतियोगितामा नेपालको लगातार पाँच हार बेहोरेको छ । नेपालले यसअघि बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । नेपालको ५ खेलमा तालिकामा ३ अंक जोडेको छ । उज्बेकिस्तानले भने यो जितपछि सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।









