• २०८३ श्रावण १४ बिहीबार

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् ।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । 

समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई तोकिएको छ ।

समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्नेर सो समितिले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै