• २०८३ श्रावण १४ बिहीबार

प्रचण्डको चेतावनी- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो

प्रचण्डको चेतावनी- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन् । उनले भने- 'संख्या अस्थायी हो । मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो । जनताप्रति उत्साह ल्याउनुपर्छ ।’

साथै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुराना नेताहरुसँग संवाद नगरेको भन्दै आलोचना गरेका थिए । उनले भने- 'प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो ? आफ्नै अंहकारले रोकेको हो कि के हो ? अनुभव लिन कन्जुस्यायी गर्न आवश्यक छ र ? तपाईंहरु जति संवादबाट टाढा जानुहुन्छ। प्रतिपक्षलाई जति अवमूल्यन गर्नुहुन्छ त्यति राष्ट्र, जनता अफ्ठ्यारोमा पर्ने देखिन्छ।’

प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले रोस्टमबाट दिँदा सानो नभइने बताउदै त्यसले प्रधानमन्त्रीकै सम्मान बढ्ने बताए । 

प्रचण्डले देशलाई सफलता र असफलता कतातिर लाने रास्वपाको हातमा रहेको भन्दै रास्वपाको गतिविधिले देश कता जाने भन्ने यकिन हुने स्पष्ट गरे ।

प्रचण्डले देशमा नयाँ र पुरानाको कुरा उठे पनि नयाँ पार्टी नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरे अनुसार काम नभएको बताएका छन् । उनले यो सरकारप्रति जनताको आशा अपेक्षा धेरै भए पनि सरकारका क्रियाकलाप त्यस अनुसारको नभएको बरु उल्टो सरकारका कामबाट एकपछि अर्को नकारात्मक उदाहरण बन्दै गएको उल्लेख गरे ।

नयाँ भनिएको दल र सरकार पुराना भनिएकाहरु भन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता परेको उल्लेख गर्दै प्रचण्डले सरकारको सकुम्बासी प्रकरण, ट्रेड युनियन अधिकार, विद्यार्थीसँग सम्बन्धित कुरा र नेपालको भौगोलिक सीमानासँग सम्बन्धित कुरा होस् वा राष्ट्रिय स्वाधिनताको सवालका कुरा हुन् जनता झनपछि झन झस्किएको अवस्था रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै