• २०८३ श्रावण १६ शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली । ३२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-५ बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

सितारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै