• २०८३ श्रावण १८ सोमबार

गोरखामा पहिरोले एक घर बगायो

गोरखामा पहिरोले एक घर बगायो

गोरखा । पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि पहिरोमा बगेको हो । घरमा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका  टोखान महतो घाइते भएका छन् । घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको र उनलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै