• २०८३ श्रावण १८ सोमबार

परराष्ट्रमन्त्री खनालको मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष जन्दनशातार गोम्बोजाभले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा विशेषगरी खेलकुद क्षेत्रसहित आपसी सहयोगका विभिन्न सम्भावनाबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले नेपाल–मंगोलिया सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा जोड दिएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै