• २०८३ श्रावण १८ सोमबार

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । 

आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । त्यस्तै बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन  विधेयक, २०८१' सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक र दफावार छलफल तथा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै दिउसो १ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति राम नारायण विडारीसँग सरकारी आश्‍वासन सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै