काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान साढे ९ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरु सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।









