• २०८३ श्रावण २० बुधबार

निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइयो

निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइयो

काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पाकिस्तानस्थित ब्रेड पिक हिमालबाट सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ ।

अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिमा सञ्चालन गरिएको उद्धार अभियान सफल भएको सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले जानकारी दिएका हुन् ।

मिङ्माले यस अभियानलाई सफल बनाउन पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, पाकिस्तान अल्पाइन क्लब तथा सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।

निम्स पुर्जाको शव फिर्ता ल्याउनु केवल एक पर्वतारोहीको उद्धार मात्र नभई एक श्रीमान्, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइ परिवारको अभिन्न सदस्यलाई घर फर्काउने प्रयास भएको उल्लेख गरेका छन् । अब निम्स पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाले आफ्ना परिवारसँग अन्तिम बिदाइको यात्रा सुरु गर्न पाउने उनले उल्लेख गरेका छन् ।

अझै बेपत्ता रहेका अन्य तीन पर्वतारोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था बनेपछि उनीहरूको खोजी र उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने उनले बताएका छन् ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार पहिलो चरणको उद्धारमा एक नेपालीसहित २ आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो ।  नेपाली आरोही ग्यालु शेर्पाको शव संकलन शनिबार गरिएको थियो । आइतबार थप ४ आरोहीको शव पहिचान गरिएको थियो । तीमध्ये निम्स दाइ, वाङ झोङ, निमा शेर्पा र किलु पेम्बा रहेका थिए ।

पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही म्यालोरी गाइसको खुट्टाबाहेकको शरीर अझै फेला नपरेको क्लबले उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै