• २०८३ श्रावण २१ बिहीबार

पेट्रोल ट्याङ्कर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा

पेट्रोल ट्याङ्कर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर भएको आगलागी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

अमलेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बन्यजन्तु मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । दुर्घटना पश्चात उक्त ट्याङ्करमा आगलागी भएको थियो ।

दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ बारा र  सुरक्षा बेश सन्तपुर रौतहटबाट टोली खटिएको थियो ।

उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र तेल ट्याङ्कर पुर्ण रुपमा जलेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै