• २०८३ श्रावण २१ बिहीबार

कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन

कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन

काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेन बारे निर्णय लिन सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको छ ।

निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो ।

यस इजलासले सुनुवाई नगरी विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको यसअघिको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि अध्ययन गरेर पुनरावलोकन हुने नहुने निर्णय गर्ने छ । 

कांग्रेस पूर्व सभापति देउवा र पूरानो कार्यसमितिको तर्फबाट तत्कालीन कार्यबाहक सभापति खड्काले सर्वोच्चमा मुद्धा पुनरावलोकनको छुट्टाछुट्टै निवेदन दिएका थिए ।

आजको इजलासले निस्सा हुने आदेश गरेमा तीन सदस्यिय पूर्ण इजलासले फेरि शुरुदेखि मुद्दाको सुनुवाई गर्नेछ भने निस्सा नहुने आदेश गरेमा काँग्रेस विवाद बारे सर्वोच्चले यसअघि गरेको निर्णय अन्तिम हुनेछ ।

यसअघि गत बैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो । न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा र खड्काको रिटलाई खारेज गर्दै विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै