• २०८३ श्रावण २२ शुक्रबार

हेटौडामा बोराभित्र बाँधेर खाल्डो भेटियो महिलाको शव फेला

हेटौडामा बोराभित्र बाँधेर खाल्डो भेटियो महिलाको शव फेला

हेटौडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

शुक्रबार दिउँसो सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र शव बाँधेर खाल्डोमा फालिएको अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको जनाएको छ ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

शवको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै