जाजरकोट । जाजरकोटमा झारफुक गर्ने भन्दै १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–६ धुमास्थित सार्वजनिक सडकमा गत असार ५ गते दिउँसो करिब १ बजे सोही ठाउँका ५९ वर्षीय हिरालाल चलाउनेले बालिकालाई झारफुक गर्ने भन्दै हात र मुक्काले कुटपिट गरेका थिए ।
बालिकामाथि कुटपिट गरिएको घटनाको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले घटनामा संलग्न चलाउनेको खोजी थालेको थियो ।
प्रहरीले चलाउनेलाई बारेकोट गाउँपालिका–६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका चलाउनेलाई प्रहरीले सोही दिन जाजरकोट जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।









