• २०८३ श्रावण २३ शनिबार

उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस

उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्‌को बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश  रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, न्यायाधीश  दलबहादुर के.सी.लाई उच्च अदालत तुलसीपुर, नेपालगंजमा सरुवा सिफारिस भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै