काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक क्रियाकलापहरूको समीक्षा र राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी बिहान ९ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति,२०८३ को कार्यान्वयनको सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि शुरु हेन राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









