• २०८३ श्रावण २६ मंगलबार

पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षति, सुरक्षा गार्ड बेपत्ता

पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षति, सुरक्षा गार्ड बेपत्ता

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पहिरोले पुरिएको छ । पहिरोमा परी त्यहाँ कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका छन् ।

गए राति करिब ३ बजे विद्युत् गृहको पछाडि रहेको भीरबाट चट्टानसहितको पहिरो खस्दा सुरक्षा गार्ड बस्ने घरसहित विद्युत् गृहको केही भाग पुरिएको हो । अन्य क्षतिको यकिन विवरण आउन सकेको छैन । बेपत्ता सुरक्षा गार्डको खोजी भइरहेको स्थानीयले बताएका छन् । 

उक्त आयोजना विसं २०८० असारदेखि सञ्चालनमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै