• २०८३ श्रावण २६ मंगलबार

इन्जिनियर र लेखा अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

इन्जिनियर र लेखा अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

पुलको पुनः डिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा खड्का र लेखा अधिकृत भट्टराईको आपसी मिलेमतोमा पुलको डिजाइन, पुनः डिजाइन, तेस्रो पक्षबाट परीक्षण तथा ठेक्काको बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

दुवै जनाको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको भन्दै अख्तियारले ६ लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै