काठमाडौँ । नेपाल पुलिस क्लबका कविर के.सी. र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ्ग १४ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को पुरुष यु–१९ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
अन्तिम ३२ मा प्रवेश गर्ने क्रममा कविरले त्रिभुवन आर्मीका आशुतोष कसौधनलाई २१–११, २१–६ ले तथा सुहमले फिटनेश पार्कका समिर खड्कालाई २१–१०, २१–१२ ले पराजित गरेका हुन् ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष यु–१९ एकलको अन्य प्रतिस्पर्धामा आर्मीका प्रतिक बिष्टले तारकेश्वर युथ क्लबका दीप भट्टलाई २१–५, २१–६, धादिङ्गका आयुष मगरले आईबिएससीका कृष्ण तामाङ्गलाई २१–७, २१–११, आर्मीका सौर्य महर्जनले लभ ब्याडमिन्टन एकेडेमीका राम जीवन चौधरीलाई २१–६, २१–२, पुलिसका रितिक आचार्यले सिन्धुली ब्याडमिन्टन एकेडेमीका आर्नभ श्रेष्ठबाट वाकओभर, इलामका गहेन्द्र बस्नेतले कस्तुरी कलेजका मिसेक चोङ्गवाङ्गलाई २१–१६, १२–२१, २२–२०, कन्चनपुरका उदय चन्दले मन्डला ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिनलाई २१–१४, २१–११ ले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरे ।
अन्तिम ३२ प्रवेश गर्ने अन्य खेलाडीहरुमा आर्मीका सुदेश राजकोटी, सूर्यदर्शनका सोनाम ओली, आर्मीका सुविन श्रेष्ठ –बी), चितवनका युसोफ गुरुङ्ग, आर्मीका शिषिर राना, कपिलवस्तुका निश्चल अग्रहरी, सिन्धुलीका दीप थिङ्ग, फिटनेपाल स्पोर्टस्प्लेक्सका सक्षम गुरुङ्ग, गुल्मीका प्रिन्स बि.क., आर्मीका सदीप राई, आर्मीकै सामन्त बहादुर बज्राचार्य, पुलिसका इमा तामाङ्ग, धन्यन्तरीका सुशान्त प्रजापती, कस्तुरी कलेजका संगम गिरी, सिन्धुलीका धिरज मंडल, आर्मीका सुप्रिम पन्त, ग्यालेक्सीका सुभम चौहान, आर्मीका रिजन मगर, पुलिसका रिसव राई, कन्चनपुरका आशिष खत्री, मन्डलाका ज्यातीरादित्य चौधरी, पुलिसका पप्पु पाल, कर्णालीका रमेश कामी र आर्मीका सुबिन श्रेष्ठ (ए) ले पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गरे ।
ग्वार्कोस्थित सहआयोजक यल स्पोर्टस् एकेडेमीको कभर्डहलमा भएको प्रतिस्पर्धाको पुरुष यु–१५ एकल तर्फको खेलमा अन्तिम ३२ मा प्रवेश गर्ने क्रममा धन्यन्तरीका सुहम कार्की, आईबिएससीका प्रशान्त बुढाथोकी, कन्चनपुरका उदय चन्द, कविलवस्तुका निश्चल अग्रहरी, आर्मीका रिजन मगर, नेपाल पुलिस स्कुल काभ्रेका इशान गिरी, बालकुमारी रिमिक्स क्लबका प्रज्वल बज्रचार्य, मन्डला ब्याडमिन्टनका ज्यातीरादित्य चौधरी, सिन्धुलीका थिङ्ग, नेपाल पुलिस स्कुल काभ्रेका श्याम भण्डारी, आर्मीका आशुतोष कसौधन, सूर्खेतका समिर अधिकारी, सूर्यदर्शनका सोनाम ओली, नेपाल पुलिस स्कुल काभ्रेका सिद्धान्त श्रेष्ठ, आर्मीका सामन्त बहादुर बज्राचार्य, ग्यालेक्सीका सुभम चौहान, कन्चनपुरका आशिष खत्री, फिटनेपाल स्पोर्टस्प्लेक्सका संक्षम गुरुङ्ग, आर्मीका साजन कार्की, कस्तुरी एकेडेमीका प्रज्ञान ढकाल, बिवेक बर्मा एकेडेमीका आयुष खनाल, आईबिएससीका प्रिन्स थापा मगर, सिन्धुली ब्याडमिन्टन एकेडेमी धिरज मन्डल, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, कागेश्वरीका अपुर्व राज पोखरेल, पुलिसका रितिक आचार्य, डिबिए क्लबका रमित बोहरा र धन्यन्तरीका सुशान्त प्रजापतीले आआफ्ना प्रतिद्वन्दि माथि जित निकालेका छन् ।









