सुर्खेत । सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार जीपमा चार जना सवार थिए । जीप नदीमा खसेपछि दुई जना पौडिएर सकुशल बाहिर निस्कन सफल भएका छन् । जीपमा सवार अन्य दुई जना भने नदीमा बेपत्ता भएका छन्।
दुर्घटनाको जानकारी पाएलगत्तै बेपत्ता यात्रु र नदीमा डुबेको जीपको खोजीका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।









