• २०८१ बैशाख १४ शुक्रबार

तेह्रथुममा वृद्ध चौतारी निर्माण

kharibot

तेह्रथुम । म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो ।

बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रू. ७ लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताए ।

नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आइतबार चौतरीको उद्घाटन गरेका हुन् । नगरप्रमुख तुम्बाहाम्फेले चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै