• २०८१ बैशाख १६ आइतबार

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ विजयी

kharibot

म्याङ्लुङ । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छिन् ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गरेकि हुन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी कांग्रेुसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरीन् ।

एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याईन् । दुवै जनाबीच एक हजार ७९ मतन्तर रहेको छ । 

यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएका थिइन् ।

गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन् । खापुङले भने यसपटक टिकट पाएनन । एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित  भएका थिए ।

विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ ।

कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै