काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामन्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर तोलाको ४७५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४५ मा कारोबार भएको थियो ।









