• २०८३ श्रावण २८ बिहीबार

बंगलादेशविरुद्ध अस्ट्रेलिया १९८ रनमै समेटियो

बंगलादेशविरुद्ध अस्ट्रेलिया १९८ रनमै समेटियो

काठमाडौँ । डार्विनमा अस्ट्रेलिया र बंगलादेशबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल जारी छ । पहिलो दिनको खेल सकिँदा बंगलादेशले एक विकेट गुमाएर ९६ रन बनाएको छ । तन्जिद हसन तमीम ३२ र मोमिनुल हक ३५ रनमा अविजित छन्।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियालाई बंगलादेशका तीव्र गतिका बलर हसन महमुदले दबाबमा राखेका थिए । उनले ६ विकेट लिएपछि अस्ट्रेलिया ५३ ओभरमा १९८ रनमै समेटियो । त्यस्तै तस्किन अहमद र इबादत हुसेनले दुई-दुई विकेट लिएका थिए ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ७१ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । कप्तान प्याट कमिन्स ९, मिचेल स्टार्क १ र नाथन लायन ७ रनमा आउट भए ।

जवाफी ब्याटिङमा बंगलादेशले ३६ रनमा शदमान इस्लामको विकेट गुमाएको थियो । उनलाई मिचेल स्टार्कले नाथन लायनको हातबाट क्याच गराए । शदमानले २० रन बनाए । त्यसपछि तन्जिद र मोमिनुलले पारी सम्हाल्दै बंगलादेशलाई पहिलो दिन ९६ रनसम्म पुर्‍याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै