काठमाडौँ । सिटिजन बैंककी नङ्गशल तामाङ र सशस्त्र प्रहरी बलकी रिहाना सेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा भएको खेलमा नङ्गशल र रिहानाको जोडीले नेपाल प्रहरी क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।
महिला १९ वर्षमुनिको एकलतर्फ सशस्त्र प्रहरीकी रिहाना सेरचन, निभा राई, अजरेन्का सेरचन, स्वर्लिन श्रेष्ठ, नेपाल प्रहरीकी अश्मिता खत्री, सुविज्ञा दाहाल, समृद्धि श्रेष्ठ र दिलाशा राना पनि अन्तिम आठमा पुगेका छन् ।
पुरुष १९ वर्षमुनिको एकलतर्फ नेपाल प्रहरीका कविर केसी, नेपाली सेनाका सौर्य महर्जन, सुदन राजकोटी, सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङसहित सुप्रिम पन्त, सदीप राई, रिजन मगर र सुविन श्रेष्ठले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको छ ।









