काठमाडौँ । ब्रोड पिकमा गत जुलाई ३० मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जाको शव कठिन उद्धार अभियानपछि बेलायत पुर्याइएको छ ।
पुर्जाले स्थापना गरेको संस्था एलिट एक्सपेडले उनको शव बेलायत पुर्याइएको जानकारी दिदै पुर्जाको सम्मान तथा सम्झनामा अन्त्येष्टि कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
अन्त्येष्टि कार्यक्रम परिवार, आफन्त, साथीभाइ तथा निमन्त्रणा गरिएका अतिथिका लागि मात्र सीमित र निजी हुने बताइएको छ । पुर्जाको परिवारको तर्फबाट अन्त्येष्टिसँग सम्बन्धित सम्पूर्ण तयारी र व्यवस्थापन आयोजक संस्थाले नै गरिरहेको जनाएको छ ।
परिवारको इच्छाअनुसार अन्त्येष्टिसँग सम्बन्धित कुनै पनि छुट्टै कार्यक्रम, सूचना वा पहल आफैंले आयोजना नगर्न र त्यस्ता सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ ।









