• २०८३ श्रावण २९ शुक्रबार

उजुरीको भरमा कसैको चरित्र हत्या गर्न पाइदैन- गृहमन्त्री गुरुङ

उजुरीको भरमा कसैको चरित्र हत्या गर्न पाइदैन- गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् ।

शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउदै उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका हुन् ।

उनले भने- 'अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु । जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ । दिस इज नट राइट, दिस इज नट गुड।’

उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने भन्दै उनले भने- 'कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन ।'

गत बुधबार निर्वाचन प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीको विषयमा सार्बजनिक लेखा समितिमा भएको छलफलमा रास्वपा सांसद खगेन्द्र सुनार आक्रामक रुपमा प्रस्तुत भएको विषय अहिले चर्चामा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै