काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
समितीले भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार केहि जग्गा आवास प्रयोजनका लागि छन् भने केहि जग्गा कृषि प्रयोजनका छन् ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।









