• २०८१ बैशाख १५ शनिबार

नेपाल ग्यासकोे ग्यास कम्पोजिट सिलिण्डर बजारमा

kharibot

काठमाडौं । पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल राडिसनमा आयोजना गरिएको समारोहबीच सोमबार उक्त सिलिण्डरको बिक्री प्रवद्र्धन समुद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले गरेका हुन् । 

नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण–सुरक्षित र विस्फोटन नहुने रहेको कम्पनीको दाबी छ । यसलाई आगोले विष्फोट गर्न नसक्ने तथा प्रयोगशालामा परीक्षण गरिएको हुँदा भरपर्दो र मजबुत रहेको कम्पनीले जनाएको छ । यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सक्ने तथा अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ ।

हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ के.जी र ५ के.जीमा उपलब्ध रहेको बताइएको छ । नेपाल ग्यास उद्योग नेपालको ग्यास व्यवसायमा अग्रणी संस्था हो र यसको स्थापना वि.सं. २०२६ मा गरिएको थियो । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास उद्योग पूर्ण स्वचालित छ जसमा अटोमेटिक वोटलिङ्ग प्लान्ट, परीक्षण स्थल छन भने विज्ञ प्राविधिक जनशक्तिले यसको सञ्चालन गरेका छन् । यस उद्योगको प्रत्येक सिफ्टमा १२,००० सिलिण्डर उत्पादन गर्नेे र उपभोक्ताको माग अनुसार १००० मेट्रिक टन सम्मको भण्डार गर्ने क्षमता रहेको छ । हाल यसका २६० भन्दा बढी डिलरहरुले काठमाडौँ उपत्यका ग्राहकहरुलाई सेवा पु¥याई रहेका छन् भने उपत्यका बाहिर २०० भन्दा बढी डिलरहरु रहेका छन् ।

सो समारोहमा राष्ट्रिय सभाका सदस्य – माननीय रामनारायण विडारी, प्रतिनिधि सभाका सदस्य – माननीय कृष्ण  कुमार श्रेष्ठ, प्रदेश नं.३ का उद्योग वाणिज्य तथा पयर्टन मन्त्री – माननीय अरुण नेपाल, प्रदेश प्रतिनिधि– माननीय गीता वाग्ले, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव–चन्द्रकुमार घिमिरे, गुणस्तर विभागका महानिर्देशक –विश्व बावु पुडासैनी, नेपाल आयल कर्पोरेशनका नि. कार्यकारी निर्देशक – सुशील भट्टराई, पनि विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

कार्यक्रममा नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशक–गोकुल भण्डारीले आफ्नो संस्थाले पूर्ण गुण्स्तरीय सिलिण्डर उपलब्ध गराउँदै आएकोमा कम्पोजिट सिलिण्डर अझ भरपर्दो हुने बताउनु भयो । नेपालको मापदण्ड अनुसार स्वीकृत तौल +/–१५० ग्राम रहेतापनि नेपाल ग्यास उद्योगले आफ्नो उत्पादनमा +/–२० ग्राम को मापदण्ड तय गरिएको छ । साथै सो समारोहमा, मेरो किरानालाई नेपाल ग्यास कम्पोजिट सिलिण्डरको काठमाडौँ उपत्यका भित्र अनलाइन डेलिभरी पार्टनरको रुपमा पनि घोषणा गरिएको  थियो ।

पढ्नै पर्ने

लोकप्रिय