काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको जारी टेस्टमा बलियो अवस्थामा रहेको छ । दोस्रो दिनको खेल समाप्त हुदा भारतले ९ विकेट गुमाएर ४६० रन बनाएको छ । बर्षाले प्रभावित भएको दोस्रो दिनको खेल केवल ४३ ओभर मात्र भएको थियो ।
भारतका लागि देवदत्त पाडिकलले १६७ रनको शतकीय पारी खेलेर आउट भएका थिए भने पहिलो दिन रिटायर्ड हर्ट भएका केएल राहुलले ८२ रन बनाएका थिए । त्यस्तै ध्रुव जुरेलले ५१, ऋषव पन्तले ३९,
ओपनर यशस्वी जयसवालले ३२, मानव सुथारले २४, कप्तान शुभमन गिल १६ रन बनाएर आउट भएका थिए । त्यसैगरी श्रीलंकाका बलर प्रबाथ जयसूर्याले सर्बाधिक ४ विकेट लिए भने केशारा नवान्थाले ३ विकेट लिएका थिए ।









