काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत सभामुखले 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
पछिल्लो बैठकमा गणपूरक संख्या नपुगेपछि यो प्रस्ताव रोकिएको थियो ।
त्यस्तै आज महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने उनले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले 'राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।









