• २०८३ भदौ १ सोमबार

पीएसजीलाई हराउँदै लेन्सले जित्यो ट्रफी डेस च्याम्पियन्सको उपाधि

पीएसजीलाई हराउँदै लेन्सले जित्यो ट्रफी डेस च्याम्पियन्सको उपाधि

काठमाडौँ । लेन्सले १० खेलाडीमा सीमित भए पनि पीएसजीलाई १-० ले हराउँदै ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ।

बोलार्ट-देलिस रंगशालामा भएको खेलमा लेन्सका कप्तान फ्लोरियन थाउभिनले ३२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । म्याथ्यु उडोलको प्रहारबाट आएको बललाई थाउभिनले जाली चुमाएका थिए । पहिलो हाफ सकिनुअघि किलियन एन्टोनियोले म्याग्नेस अक्लिउशमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाएसँगै लेन्स १० खेलाडीमा सीमित भयो ।

दोस्रो हाफमा पीएसजीले लगातार दबाब बनाए पनि गोल गर्न सकेन । फाबियन रुइजले ७५औँ मिनेटमा गरेको गोल अफसाइडका कारण रद्द भयो । खेल सकिन चार मिनेट बाँकी हुँदा नुनो मेन्डेसले मिखाल स्कोरासको अनुहारमा हात प्रहार गरेपछि पीएसजी पनि १० खेलाडीमा सीमित भएको थियो । लेन्सका गोलरक्षक रोबिन रिसेरले पीएसजीका केही महत्वपूर्ण प्रहार रोक्दै टोलीको जित सुरक्षित गरेका थिए ।

ट्रफी डेस च्याम्पियन्स गत सिजनमा फ्रेन्च लिग विजेता र कोप डे फ्रान्स विजेताबीच हरेक सिजन शुरु हुनु आगाडी खेल्ने गरिन्छ  । लेन्सले यो उपाधि पहिलो पटक जितेको हो भने पीएसजीले यसअघि १४ पटक यो जितेको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै