• २०८३ भदौ ३ बुधबार

राष्ट्रिय सूचना दिवस मनाइँदै

राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौँ । आज २०औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ साल साउन ५ गते जारी भई २०६४ साल भदौ ३ गते देखि लागू भएको थियो। सोही दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

नागरिकलाई सूचनाको हकबारे सचेत गराउन, सरकारलाई पारदर्शी बनाउन र सार्वजनिक निकायलाई जवाफदेही बनाउनु यसको मुख्य लक्ष्य हो।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि सूचना माग गर्ने र पाउने मौलिक हकको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय