काठमाडौँ । फ्रान्सले दुई जना इरानी कूटनीतिज्ञलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोले यसको जानकारी दिएका हुन् ।
यसअघि इरानले फ्रान्सेली दूतावासका दुई कर्मचारीलाई इरान फर्कन अनुमति नदिने निर्णय गरेको थियो । इरानी विदेश मन्त्रालयले जुलाईमा भएको कूटनीतिक विवादपछि यस्तो निर्णय गरिएको जनाएको थियो ।
फ्रान्सले इरानी सुरक्षा बलमाथि दूतावासका दुई कर्मचारीलाई धम्क्याएको आरोप लगाएको थियो । इरानले भने फ्रान्समाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ ।









