काठमाडौँबाट जाजरकोट जाँदै गरेको बसमा एक व्यक्ति मृत फेला

खरीबोट

सुर्खेत। काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

बोहोरा सोमबार बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित बसबाट झरेर त्यही नजिकको चिसापानी हाइवे होटलमा शौच गरी फर्केर पुनः गाडीमा बस्दा सिटमा मृतावस्थामा भेटिएको प्रवक्ता चौधरीले जानकारी दिए । 

उनका अनुसार मृत्युको कारणबारे अनुसन्धान टोलीबाट बुझ्दा उनी लामो समयदेखि बिरामी अवस्थाबाट सुधार नभएको र फिर्ता हुने क्रममा मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

जाजरकोटका दर्जन बढी विकास आयोजना अलपत्र

जाजरकोट । वर्षौंदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र

जाजरकोटमा सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ ।  मङ्गलबार बिहानैदेखि

जाजरकोटमा जापानी चामल ४५ रुपैयाँ किलोमा किन्न पाइने

जाजरकोट । जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ । यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो

जाजरकोटको प्रसूतिगृह भवन नौ वर्षदेखि बन्द

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ । बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय


z