• २०८३ भदौ ७ आइतबार

महानगरले सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति रद्द गर्ने

महानगरले सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति रद्द गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

महानगरपालिकाले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर सञ्चालनमा रहेका तर हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएको संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्न लागिएको जनाएको छ ।

महानगरपालिकाका अनुसार शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम ती विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएकाले सम्बन्धित विद्यालयलाई सूचना जारी गरिएको हो ।

यदि कुनै विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्न नपर्ने कारण भए त्यसको आधार, कारण र प्रमाणसहित आवश्यक कागजात ३५ दिनभित्र पेश गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा समितिको २०८३ साउन २८ गते बसेको बैठकको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो । अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने संस्थागत विद्यालयहरूको विवरण काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा राखिएको महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै