• २०८३ भदौ ८ सोमबार

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । 

जसअनुसार, बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, विहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीको विषयमा लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा 'पर्यटन विधेयक, २०८१' सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी, दिउसो २ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै