काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन् ।
सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन् । नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस गरेका छन् ।
रिट अध्ययनको क्रममा रहेकोले दर्ता नभएको बुझिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन् । यसअघि देउवा पक्षले शुक्रबार पेश गरेको रिट भने फिर्ता लिएका थिए ।









