• २०८३ भदौ ८ सोमबार

चाडपर्वमा ध्वनि प्रदूषण र उत्तेजना फैलाउने गतिविधि नगर्न कपिलवस्तु प्रशासनको आग्रह

चाडपर्वमा ध्वनि प्रदूषण र उत्तेजना फैलाउने गतिविधि नगर्न कपिलवस्तु प्रशासनको आग्रह

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा मनाइने चाडपर्व तथा धार्मिक कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण रूपमा मनाउन आग्रह गरेको छ ।

कार्यालयले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अत्यधिक ध्वनि प्रदूषण हुने बाजा, ठूलो आवाजमा बज्ने ध्वनियन्त्रलगायतका साधन प्रयोग नगर्न र नगराउन अनुरोध गरेको छ ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्दै कुनै समुदायको धार्मिक भावना तथा संस्कृतिमा आघात पुग्ने गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले भनेको छ- 'जिल्लामा सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा डिजे, लाउडस्पिकर लगायत अत्यधिक ध्वनि प्रदूषण हुने साधनको प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।'

त्यस्तै, उत्तेजना फैलाउने, अफवाह सम्प्रेषण गर्ने वा जिल्लाको शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न र नगराउन प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अविश्वर घिमिरेले जिल्लाको धार्मिक तथा सामाजिक विविधतालाई ध्यानमा राख्दै चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै