• २०८३ भदौ ८ सोमबार

नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता

नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता

काठमाडौँ । नेपालमा एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्ने सम्बन्धमा नेपाल र एसियाली विपद् पूर्वतयारी केन्द्रबीच आज परराष्ट्र मन्त्रालयमा सम्झौता भएको छ ।

सम्झौतामा परराष्ट्र मन्त्रालयका सहसचिव विष्णुप्रसाद गौतम र केन्द्रका कार्यकारी निर्देशक अस्लाम परवाइजले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई तथा गृहसचिव एवं केन्द्रको सञ्चालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थिति थियो । 

नेपालमा उपकेन्द्र स्थापना भएपछि विपद् प्रतिरोधी क्षमता थप मजबुत बनाउन तथा दिगो विकासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । एसियाली विपद् पूर्वतयारी केन्द्र गैरनाफामूलक अन्तरसरकारी संस्था हो । नेपाल सन् २०२५–२०२६ का लागि केन्द्रको सञ्चालक समितिको अध्यक्षसमेत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै