• २०८३ भदौ ११ बिहीबार

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि निस्किएका छन् । 

प्रधानमन्त्री शाहसँगै  पूर्वाधार विकास  मन्त्री सुनिल लम्सालसमेत नुवाकोटतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरु सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । 

भोटेकोशीको बाढीले नुवाकोटका त्रिशुली बजार, बेत्रावतीसहित कैयौं स्थानमा ठुलो धनजनको क्षति पुर्याएको छ ।  भ्रमणका क्रममा प्रधानमन्त्री शाहले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालन गर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै