काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३८९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।
यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै अहिलेसम्म विभिन्न जिल्लाबाट ४६६ जनाको उद्धार गरेको जानकारी दिएको छ । जसमा रसुवाबाट २८९, नुवाकोटबाट ९०, धादिङबाट ३ र काठमाडौँबाट ८४ जनाको उद्धार गरिएको छ ।









