• २०८३ भदौ १२ शुक्रबार

आर्या फार्माल्याबद्वारा बाढीपीडितका लागि साढे ८२ लाखको औषधि सहयोग

आर्या फार्माल्याबद्वारा बाढीपीडितका लागि साढे ८२ लाखको औषधि सहयोग

काठमाडौँ । हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्याबले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ ।

कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक औषधि उपलब्ध गराएको जनाएको छ ।

प्रभावित नागरिकको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परेमा उपचारका लागि आवश्यक उपकरण तथा औषधिसमेत उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

कम्पनीले विपद्को कठिन घडीमा प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै राहत तथा पुनःस्थापनाका कार्यमा समेत निरन्तर सहयोग गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै