• २०८३ भदौ १२ शुक्रबार

एकतर्फी संचालनमा आयो पृथ्वी राजमार्ग

एकतर्फी संचालनमा आयो पृथ्वी राजमार्ग

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सडक एकतर्फी संचालनमा आएको छ ।

भदौ १० गतेदेखि अवरुद्ध भएको सडकमा रहेको लेदो हटाएर काठमाडौँ-मुग्लिन सडक एकतर्फी संचालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

सडक एकतर्फी खुलेपछि अहिले बिचमा फसेका सवारी साधनलाई मात्र जान दिइएको बताइएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै