• २०८३ भदौ १३ शनिबार

बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने

बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति व्यवस्थापनका लागि ४ करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरको ५७औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट ३ करोड रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक तथा सुविधाबाट बाँकी रकम जुटाउने निर्णय गरेको हो ।

सहयोग रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ प्रदान हुनेछ । बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ ।

बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले महानगरवासी तथा निजी क्षेत्रलाई समेत विपद् व्यवस्थापनका लागि सहयोग गर्न आह्वान गर्दै राष्ट्रिय सभागृहमा सहायता कक्ष र सूचना केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै