• २०८३ भदौ १४ आइतबार

सेभियामाथि एट्लेटिको म्याड्रिडको सहज जित

सेभियामाथि एट्लेटिको म्याड्रिडको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

एट्लेटिकोको जितमा अलेक्स बाएनाले दुई तथा अडेमोला लुकम्यानले एक गोल गरेका थिए । बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरेका थिए भने लुकम्यानले २६औँ मिनेटमा गोल गरेका थिए ।

सेभियाका लागि मिगेल सिएराले ६६औँ मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि सेभियाले गोल थप्न नसक्दा एट्लेटिकोले ३-१ को जित सुरक्षित गरेको थियो ।

जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ । टोलीले लिगमा दुई जित र एक बराबरीको नतिजा निकालेको छ ।  त्यस्तै सेभियाको भने तेस्रो खेलमा यो पहिलो हार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै