काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखसँग निरन्तर छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यसपछि आजै प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि उद्धार तथा राहत कार्यबारे जानकारी लिइरहेका छन् ।
प्रधानमन्त्रीले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिने सचिवालयले जानकारी दिएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण अहिलेसम्म ९०३ शव फेला परेका छन् भने ४ हजार भन्दा बढी सम्पर्कविहिन रहेका छन् ।









