काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४७ कम्पनिका ९३ लाख २२ हजार १८५ कित्ता शेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी उपकर लघुवित्तको शेयर १३.१६ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको शेयर ७.५७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेलुङ खोला जलविद्युतको शेयर १४.९८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २६ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।









