काठमाडौँ । चीनले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव पहिचानका लागि नेपालमा डीएनए पहिचान विज्ञ पठाउने भएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् ।
बाढीपछि नदीमा धेरै दिन बितेका शवको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा शवको पहिचान नेपालका लागि ठूलो चुनौती बनेको छ।









