• २०८३ भदौ १६ मंगलबार

श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन

श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन

विराटनगर । हर्क साम्पाङ नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा नयाँ विवाद शुरु भएको छ ।

धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दै बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हालै एकता प्रक्रियाबाट पार्टीमा आएका सुदन किराँती समुहलाई नबोलाइएको खुलेको छ ।

बैठकमा आफु पक्षका नेताहरुलाई नाबोलाइएपछि किराँतीले आफुनिकट नेताहरुसँग छलफल थालेको बताइएको छ । 

साम्पाङ निकट एक नेताले भोलीको बैठकमा किराँती समुहलाई बोलाइएको दाबि गरेपनि यस बारे स्पष्ट जानकारी दिइएको छैन । 

किराँतीसहितका नेताहरु प्रलोपा छोडेर श्रम संस्कृति पार्टीमा समाहित भएका थिए ।  एकतापछि किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने किराँती पक्षलाई पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै